रौतहट, वृन्दावन नगरपालिका स्थित वागमती नदीबाट नदीजन्य पदार्थ उत्खनन गरिरहेको एक्साभेटर र ट्याक्टर तोडफोड भएको छ । विवादकै क्रममा नगर प्रमुख विनोद पटेलको जीपमा आक्रमण प्रयास भएको छ भने एक जना वडा अध्यक्षको पशुपालन फर्ममासमेत आगजनी भएको छ ।बागमती नदीमा गिटी, बालुवा र ढुङ्गा उत्खननको विषयमा नगरकार्यपालिकामा विवाद हुँदै आएको थियो । वृन्दावन नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष सिकिन्द्र पटेल र वडा नम्वर ४ का अध्यक्ष श्याम यादवसहित स्थानीय बासिन्दाहरुले आइतवार बागमती नदीमा उत्खनन कार्यमा प्रयोग गरिएको एक्साभेटर तोडफोड गरेर क्षति पु¥याएका थिए ।

सो स्थानमा बालुवा, गिटी लोड गर्न पुगेका तीन वटा ट्रेक्टरमा पनि क्षति पु¥याइएको बताइएको छ । वडा अध्यक्षको विपक्षमा रहेको आक्रोशित समूहले बलेरीखोरमा वडा अध्यक्ष श्यामनन्दन यादवले संचालन गरेको राँगा भैंसी फर्ममा समेत आगजनी गरेका छन ।वृन्दावन नगरपालिकाले गत असोज महिनादेखि तीन पटक नदीजन्य पदार्थको उत्खननको लागि बोलपत्र आह्वान गर्दा एउटा पनि बोलपत्र दर्ता नभएपछि नदीजन्य पदार्थ उत्खनन र निकासीको ठेक्का लाग्न सकेको छैन ।
ठेक्का प्रक्रियामा समस्या आएको भन्दै जेठ ५ गते नगरपालिकाले अमानतमा उत्खनन गर्ने निर्णय गर्दै स्थानीय व्यवसायीलाई २० दिनको लागि २८ लाखमा ठेक्का लगाएपछि पिवाद शुरु भएको थियो ।

वडा नम्वर २ र ४ का वडा अध्यक्ष गिटी, बालुवाको कारोबारी रहेको र ठेक्का नपाउँदा उनीहरुले विर‍ोध गरेको नगरपालिकाका नगर प्रमुख विनोदप्रसाद कुर्मी पक्षधरहरुको आरोप छ । झडपमा मेयर कुर्मीको जीपमा समेत आक्रमण भएको थियो ।
नेपाली कांग्रेस र नेकपा माओवादीले नदी उत्खनन अवैध भएको भन्दै विरोध जनाउँदै आएका छन ।गत आइतवार रामलाल वृन्दावन साझेदारी वन क्षेत्रको बागमती बगरमा नगरपालिकाको स्काभेटर नदी उत्खननका लागि पुगेको थियो ।
विरोधमा रहेका वडा अध्यक्ष तथा नेपाली कांग्रेसका कार्यकर्ताहरुले भने अवैध रूपमा मेयरकै मिलोमतोमा रामलाल वृन्दावन साझेदारी वन क्षेत्रको बागमती बगरबाट नदीजन्य पदार्थको उत्खनन भएको बताउदै आएका छन ।नेकपा माओवादीबाट वडा नम्बर ४ को वडा अध्यक्षमा निर्वाचित श्यामनन्दन यादवको गाई फर्ममा आगजनी भएको हो । वडा अध्यक्ष यादव बागमती उत्खननको विरुद्धमा थिए ।

वडा अध्यक्ष यादवले आफ्नो गाई फर्ममा मेयर कुर्मीका मान्छेले आगजनी गरेको आरोप लगाउनुभएको छ । मेयर पक्षले भने वडा अध्यक्ष यादव सहितका केही व्यक्तिहरुले बागमती नदीमा रहेको स्काभेटरमा तोडफोड गरेको बताएका छन् ।
केही जनप्रतिनिधिहरूले ट्रेक्टरमार्फत नदीजन्य पदार्थ ढुवानी गर्ने सहमति भएको तर मेयरले एकलौटी स्काभेट र टिपरको प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै विरोध गर्नुपरेको बताएका छन ।

Leave a Reply