नरेश गुप्ता

बरियारपुर,जिल्ला जनस्वास्थ्य कार्यालय बारा अन्तरगत रहेको ल्याब सेवा बन्द भएपछि बिरामीहरुको खकार परीक्षण अवरुद्ध भएको छ । सेवा अवरुद्ध बनेपछि सर्वसाधारण बिरामी समस्यामा परेका छन ।

स्वास्थ कार्यालय बाराको ल्याब सेवामा कार्यरत एकजना ल्याब टेक्निसियनलाई कोरोना पोजेटिभ भएपछि ल्याब सेवा प्रभावित बनेको स्वास्थ कार्यलय बाराको निमित्त प्रमुख राघेवन्द्र कर्णले जानकारी दिनुभयो । ती कर्मचारीलाई बैशाख १४ गते संक्रमण पुष्टि भएको थियो । एकजनालाई संक्रमण पुष्टि भएको र अर्का ल्याब असिस्टेन्ट पनि कार्यालय आउन नमानेपछि खकार परीरक्षण प्रभावित बनेको हो ।

ल्याब संचालन गर्न भनेर नियुक्त गरिएका दुईजना प्राविधिक मध्ये एकजनामा कोरोना पोजेटिभ र अर्का ल्याब असिस्टेन्ट सरोज यादबले कोरोना त्रासका कारण सेवा संचालन गर्न नमानेको स्वास्थ कार्यलय बाराले जनाएको छ । कोभिड १९ को उच्च जोखिममा रहेको बारा जिल्लामा समेत दिनप्रतिदिन कोरोना पोजेटिभ र मृत्यु दर समेत बढ्दै गएकोले यतिबेला शंकास्पद क्षयरोगका रोगीहरुको खकार चेकजाँच गराउन समस्या भएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर २६ मौजेरामपुर निवासी ७० बर्षीय शारदा देबीले खकार परीक्षण गर्न आफु बैशाख २१ गतेदेखि अस्पताल लगातार धाइरहेको भएपनि सेवा प्राप्त गर्न नसकेको बताउनुभयो । त्यसैगरी कोल्हबी नगरपालिका १ निवासी शिवसहाय चौधरीलाई बिगत एक हप्तादेखि रुखाखोकी लागेको भएपनि खकार परीक्षण गराउन सक्नुभएको छैन । घरबाट आउँदा÷जांँदा आफुलाई पनि कोरोना संक्रमण हुन सक्ने त्रास बढेको चौधरीले बताउनुभयो । बिगत पाँच दिनदेखि खकार परीक्षणको लागि दिनहुँ स्वास्थ्य कार्यलय बारामा आइ रहनभएका महागढीमाई वडा नम्बर ८ जोलगावा निवाशी अरुनकुमार बरैको समस्या पनि उस्तै छ । बरै खकार परीक्षणको लागि स्वास्थ्य कार्यालयमा बिहान १० बजे नै आइपुग्ने गरेको भएपनि आफुले सेवा नपाएको सुनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here