कलैया,बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङको सरुवा भएको छ ।सिमरामा जेनजी समूहका युवा र नेकपा एमालेका कार्यकर्ताहरुबीच भएको झडप र उत्पन्न घटनाक्रमपछि उहाँलाई प्रहरी हेडक्वार्टर तानिएको हो ।जेनजी समूहका युवाहरुले आवश्यक सुरक्षा उपलब्ध गराउन नसकेको भन्दै एसपी तामाङ्गको सरुवा गरिनुपर्ने माग गर्दैआएका थिए । तामाङ्ग ११ महिनाअघि जिल्ला प्रहरी कार्यालय बारामा आउनुभएको थियो ।बारामा भने मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई खटाइएको छ ।त्यस्तै, धादिङका एसपी भेषराज रिजाल मधेस प्रदेश कार्यालयमा पठाइएको छ भने धादिङमा एसपी सुमित खड्कालाई पठाइएको छ ।

Leave a Reply