नरेश गुप्ता
बरियारपुर –  हरेक बर्ष झै यश बर्ष पनि सरस्वती पुजा मधेसको जिल्लाहरुमा धुमधाम संग मनाईएको छ । बिधाकि देबि सरस्वती माताको पुजन समारोह वसन्त पंचमिको दिन मनाईने गरिन्छ । सरस्वती पुजनको लागि शैक्षिक संस्थाहरुमा माटो बाट बनाईएको सरस्वतीको मुर्तीलाई सजाई बिद्यार्थीहरुले बिधाकी देबि सरस्वतीलाई श्रद्धापुर्वक पजन गरि मनाईएको छ ।
साना साना बालबालिकालाई आजैको दिन अक्षरहरुको ज्ञान दिने र आशिर्वाद लिने गरिएको छ ।  सरस्वतीमाताको आशिर्वाद लिई आजैको दिन देखि शैक्षिक संस्थानहरुमा अभिभावकहरुले भर्ना गर्ने गर्द्छन ।  सरस्वतीमाताको पुजन समारोहमा बिद्यार्थीहरु बिहिवार बिहानै नुहाईधुवाई चोखो मनले माताको चरणमा शिर झुकाई श्रद्धापुर्वक आशिर्वाद लिने  गरिन्छ ।
बाराको सदरमुकाम  कलैया लगायत ग्रामीण स्थानीय तहहरुमा रहेको शैक्षिक संस्थानहरुमा  सरस्वती पुजन समारोह  समपन भएको छ । निजि तथा आवाशिय बिधालय लगायत सामुदायिक बिधालयहरुमा बिद्यार्थीहरुले हरसोउलासको साथ सरस्वती पुजा मनाईएको छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here