राजकुमार यादव
मौलापुर,नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुर्घटनामा परी बेपत्ता भएका यात्रुको परिवारलाई रौतहटको परोहा नगरपालिकाले राहत सहयोग प्रदान गरेको छ ।नगरपालिकाले दुर्घटनामा बेपत्ता बनेकातीन परिवारका सदस्यहरुलाई आइतवार राहत स्वरुप आर्थिक र खाद्यान्नसहयोग गरेको हो ।
परोहा नगरपालिकाका नगर प्रमुख शेख ओकिलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहम्द महफुज अहमद, इन्जिनियर दिपेन्द्रकुमार यादव र सम्बन्धित वडाका वडा अध्यक्षहरुले बेपत्ता बनेकाहरुको घरमा पुगेर प्रत्येक परिवारलाई नगद ११ हजार र चेकबाट ५० हजार रकमसहित खाद्यान्न सामग्री समेत प्रदान गरिएको थियो ।
दुर्घाटनामा बेपत्ता भएका गणपति डिलक्सका यात्रु परोहा नगरपालिका– ४ लौकाहाका ओम राजकुमार साह, वडा ६ बासन्पटीका ऋषीकुमार सिंह र वडा ९ रामपुर खापको सिकिन्द्र दासको परिवारलाई राहत प्रदान गरिएको हो । राहत प्रदान गर्ने क्रममा नगर प्रमुख शेख ओकिलको टोलीले शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्न आग्रह पनि गर्नुभएको थियो ।

















