छिमेकी देश भारतमा नयाँ सरकार बन्दैछ । नयाँ सरकारलाई बधाई दिनका लागि नेपालको प्रधानमन्त्री सहितको एक टोली नयाँ दिल्ली पुगिसकेको छ । नेपालका नेताहरु भारतप्रति कति बफदार छन् भन्ने कुरा भारतका प्रधानमन्त्रीको सत्तारोहण कार्यक्रममा जान हतारिनुबाट पनि पुष्टी हुन्छ । यद्यपि भारत र नेपालको सम्बन्ध भने कसैले पनि चाहेर जनस्तरबाट अन्त्य गर्न भने सक्दैन । यसको मतलब शासकहरुले सधै भारतको गुणगान गाउनु र चाकडी गर्नुपर्छ भन्ने पनि होइन ।
तर, नेपालको सत्तामा रहेका शासकहरु कुनै न कुनै हिसावले भारतप्रति झुकाव राखेका नै हुन्छन् त्यो रहर हो या बाध्यता यो कुरा उनीहरुलाई थाहा होला । नेपालमा पन्ध वर्षमा करिब करिब पन्ध वटा सरकार फेरबदल भइरहँदा भारतमा नरेन्द्र मोदी तेश्रो पटकका लागि प्रधानमन्त्री हुदैहुनुुहुन्छ । र यो उहाँको तेश्रो पटकको सत्ता रोहणले नेपालको राजनीतिमा पक्कै पनि असर गर्ने नै छ । अघिल्लो चुनावको तुलनामा यस पटक भारतमा मोदीको पनि साख घटेको देखिन्छ ।
तैपनि फेरि भारतमा प्रधानमन्त्रीमा मोदीकै उदय भएको छ । उहाँको भारतमा भएको जवरजस्त उदयले दक्षिण एसियामा प्रभाव पारि नै रहनेछ । दक्षिण एसियाको शक्तिशाली राष्ट्रको प्रमुख भएका नाताले मोदीले लिने विशेष नीतिले स्वभाविक रुपमा अन्य देशलाई असर गर्नेछ । भारतले छिमेकी देशका सवालमा लिने नीति कतिपय देशका लागि कठोर नै हुनेछन् भने नेपालका लागि पनि त्यत्ति फलदायक चैं हुने छैन ।















