सिमरा,सिमरा फाउन्डेसनले औराह फूटबल क्लबका खेलाडीलाई १६ थान जर्सी सहयोग गरेको छ । जीतपुरसिमरा ४ स्थित औराहका युवा खेलाडीको हौसला बढाउन फाउन्डेसनले जर्सी सहयोग गरेको हो ।सिमरा फाउन्डेसनका उपाध्यक्ष सोमलाल बम्जन, सचिव त्रिलोक बिक्रम शाह, कोषाध्यक्ष समिर मगर, जीतपुरसिमरा २ का वडा अध्यक्ष एवम् फाउन्डेसनका सदस्य धनबहादुर श्रेष्ठलगायतले जर्सी हस्तान्तरण गरेका थिए । कार्यक्रममा फाउन्डेसनका राजकुमार थापा, नवीन खड्का, कैलाश लामिछाने, समाजसेवी पूर्णचन्द्र तिमिल्सिना, भागवत चौधरीलगायत उपस्थित थिए ।सामाजिक गतिविधिमा सक्रिय रहदै आएको फाउन्डेसनका सचिव शाहले युवा खेलाडी सम्मिलित टिमको उर्जा थप्न सहयोग गरिएको बताउनुभयो । फाउन्डेसनले यसअघि पनि विभिन्न क्लबलाई जर्सी सहयोग गरेको थियो ।



















