बाराको धार्मिक एवम् एतिहाँसिक स्थल गढीमाईमा अहिले पनि मेला लागिरहेको छ ।हरेक पाँच बर्षमा एक पटक मेला लाग्ने गढीमाई क्षेत्रको मेला अब लगभग उत्तराद्र्धमा रहेको छ । अबको केही दिनमानै गढीमाईमा लागेको पंच बर्षीय मेला सकिनेछ । मंसिर ३० गतेसम्म मेला लाग्नेछ । पंच बर्षीय मेला भएकाले पनि यो मेलाको छुट्टै महत्व रहेको छ । हरेक पांच बर्षमा एक पटक यहाँ लाखौं भक्तजनहरु आउने गर्दछन् ।
यसपाली पनि गढीमाईमा लाखौं भक्तजनहरु आएका छन् । यति लाख भन्ने तथ्यांक अहिले नै सार्वजनिक नभएपछि करिब करोडको हाराहारीमा भक्तजनहरु गढीमाईको दर्शनका लागि आएको सहज अनुमान गर्न सकिन्छ । देशबाट मात्रै होइन बिदेशबाट पनि लाखौं भक्तजनहरु गढीमाई आएका छन् । गढीमाईमा आएका लाखौं भक्तजनहरुले पक्कै पनि भेटी चढाएका छन् तर तिनीहरुको गणना शुुरु भएको कुरा आएको छ।
गढीमाईमा चढाइएको भेटीका बिषयमा बेला बेलामा विवाद पनि हुने गर्दछ । यही कारणले मेला ब्यवस्थापन समिति पनि विवादमा पर्दै आइरहेको छ । गढीमाईमा चढाएको भेटीका बिषयमा पटक पटक विवाद उत्पन्न हुने गरेका कारण बेलैमा पारदर्शिता अपनान आवश्यक छ । हिसाव पारदर्शी भयो भने विवाद यसैपनि साम्य हुन्छ । त्यसैले गढीमाईमा चढाइएको भेटी पारदर्शी हुन आवश्यक छ ।