सिमरा,गढीमाई साझेदारी वन व्यस्थापन उपभोक्ता समूह पथलैयाले आफनो महिला उपभोक्तालाई ३० दिने ब्युटिपार्लर सम्बन्धि तालिम शुरु गरेको छ ।परवानिपुर गाउँपालिका वडा नम्बर ३ मा सुरु भएको तालिमको प्राविधिक समन्वय आशा ब्युटिपार्लर वीरगञ्जले गरिरहेको गढीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष रामएकबाल साह तेलीले जानकारी दिनुभयो ।जेठ १४ गते सुरु भएको तालिम असार ११ गतेसम्म चल्नेछ । महिलाहरुलाई सीप सिकाएर आय आर्जन गर्नेतर्फ जोड्ने उदेश्यले तालिम आयोजना गरिएको अध्यक्ष साहले बताउनुभयो ।

















