नागरिकहरुको सरोकार रहेका कार्यालयहरुमा ढिलासुस्ती हुने गरेको गुनासोहरु धेरै आउने गर्दछन् ।
मधेशमा त झन् यो समस्या निकै छ । मधेशका हरेक कार्यालयमा कुनै न कुनै हिसावको गुनासो आउने नै गर्दछ । सबै कार्यालयमा बद्मासी छ भन्न त खोजिएको पनि होइन तर केही अधिकांश कार्यालयमा समस्या भने छ ।
बाराको कलैयामा हालै संचालनमा आएको यातयात व्यवस्था कार्यालयमा पनि समस्याको चाङ्ग रहेको कुरा बेला बेलामा आउने गर्दछ ।
यो कार्यालय सिधै नागरिकहरुको सरोकारको कार्यालय हो भने सेवा प्रवाह निकै चुस्त बनाउनु पर्ने कार्यालय पनि हो । यस्तैमा मधेस प्रदेश सरकारका यातायात तथा श्रममन्त्री कौशलकिशोर रायले कार्यालयको अनुगमन गरेको कुरा आएको छ । मन्त्रीले अनुगमन गर्नु सामान्य कुरा नै हो । तर,अनुगमन गर्र्दैमा चैं हुदैन ।अनुगमन गर्दैमा सबै देखिदा पनि देखिदैन । मन्त्री आउने भनेपछि यसैपनि कार्यालयको काम दुरुस्त बनाइन्छ नै ।त्यसैले पनि अनुगमन हुनु एउटा पाटो भएपनि यसलाई व्यवस्थित बनाइनुपर्दछ । सेवाग्राहीहरुको समस्याको पहिचान गर्न आवश्यक छ । उनीहरुका गुनासो पनि संवोधन गर्न आवश्यक छ । उनीहरुले झेल्न परेको समस्याका विषयमा मन्त्रीले नै अनुगमन गरेपछि फेरि गुनासाहरु दोहोरिनु हुन्न । तर फेरि यसरी दोहोरिदै जाने हो भने त मन्त्रीको अनुगमनमाथि पनि प्रश्न उब्जिन सक्छ । त्यसैले पनि अनुगमन गरेपछि समस्या पहिचान गरी समाधान पनि गरौं ।














