निजगढ,नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेतृत्वको सफलता र लोकप्रियता देखेर विरोधीहरुले एमालेलाई घेराबन्दीमा पार्ने प्रयास गरेको बताउनुभएको छ ।
नेकपा एमाले निजगढ नगर कमिटीको प्रथम नगर अधिवेशन शुक्रबार उद्घाटन गर्दै नेता पोखरेलले सो कुरा बताउनुभएको हो ।
उहाँले एमाले पार्टी अहिले विपक्षीको घेराबन्दी तोडदै अघि बढेको बताउनुभयो । ‘सबै खाले चुनौति र घेराबन्दी तोडदै एमाले अघि बढेको छ, उहाँले एमालेको लोकप्रियता देखेर अन्य सबै राजनितिक दलहरु अहिले आत्तिएका छन ।’
उहाँले एमालेलाई षडयन्त्रपूर्वक तरिकाले सरकारबाट बाहिर पारिएको भन्दै पार्टी सरकारमा नहुदैमा कमजोर भएको मान्न नहुने पनि बताउनुभयो । ‘अहिले एमाले सरकारमा नभए पनि जनताको हृदयमा छ, तर कमजोर छैन, उहाँले भन्नुभो, आगामी निर्वाचनमा फेरि सबै भन्दा ठुलो शक्ति बनेर अघि आउने छ ।’
कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य बडालले राष्ट्रको चौतर्फी विकासमा नेकपा एमालेको भुमिका अग्रण रहेको बताउनुभयो ।
निजगढ नगरपालिका वडा नम्बर ८ स्थित निजगढ बैन्कुटमा भएको उदघाटन सत्रमा स्थायी कमिटी सदस्य केशव बडाल, केन्द्रीय कमिटी सदस्य अच्युत मैनाली, पुरुषोत्तम पौडेले, ज्वाला साह, मोहमद समिर र राष्ट्रिय सभा अध्यक्ष कोमल वली, एमाले बारा अध्यक्ष देवनारायण चौधरी, पर्सा जिल्ला अध्यक्ष प्रभु हजरालगायत नेताहरुले अधिवेशन सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमा राष्ट्रिय जनसांस्कृतिक मन्चका कालाकार टोलीले सांगितिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो । अधिवेशनको बन्द सत्रले १ जना नगर अध्यक्ष, उपाध्यक्ष, सचिव एक÷एक जना र २ जना सहसचिवसहित ७५ जना नगर कमिटी सदस्य चयन गर्ने छ । अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने अध्यक्ष लामाले बताउनुभयो । अधिवेशनमा नेपाली काग्रेश र माओवादी पार्टी परित्या गरी दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका थिए । नव प्रवेशीलाई स्थायी कमिटी सदस्य पोखरेलले अविर र खादा ओडाएर स्वागत गर्नुभएको थियो ।