गाउँटोल सरफाईमा निस्केका बंकुलटोलका मानिस ।

पुष्पराज खतिवडा

मन्हर्वा –  जीतपुरसिमरा उपमहानगरपालिका–१८,बँकुलटोलका स्थानिय प्रतेक शनिबार आफ्नो गाउँटोल सरफाईमा जुट्ने गर्दै आएका छन् । विहानै हातमा झाडु लिएर टोलका ५०।६० जनामा मानिस चोकमा निस्कन्छन् । अनि नियमित आफ्नो घर वरपर सडक सरसफाईमा जुट्ने गर्दछन् । स्थानिय यूवाहरुको सकृयतामा गत पौषबाट गाउँटोल सरसफाईमा नियमित निस्कने गरेको स्थानिय अगुवा अमृत थिङ्गले बताए ।

 

 

स्वस्फुर्त रुपमा टोलसुधार समिति नै बनाएर सामुहिक हितमा लागेका छौं । गरिब र विपन्न बस्ती समेत भएकाले यहाँ सरसफाई मार्फत रोग नियन्त्रण गर्ने प्रयास थालेका हौं टोल समितिका अध्यक्ष समेत रहेका थिङ्गले सुनाए । गाउँटोल सुधारका लागि प्रतेक शनिबार विहान सरसफाईमा जुट्ने र केहीबेर आगामी योजना बनाउन छलफल समेत गर्दै आएकाछौं समितिका उपाध्यक्ष अगुवा महेश बलले सुनाए ।

 

 

 

सुरुवातमा केही थोरै युवाहरुबाट सरसफाई अभियान सुरु भएकोमा अहिले समाजका अन्य मानिसहरुको साथ थपिँदै गएको वलले जानकारी दिए । सरसफाईसँगै स्वस्फुर्त रुपमा केही रकम जम्म गर्दै आएका छौं । जम्मा भएको रकम सरसफाई सामाग्री खरिद गर्ने गरिरहेका छौं । भविष्यमा अलि मोटो रकम संकलन गरी समाजका कोही अफ्ठ्यारोमा परेकाबेला चलाउन दिने योजना बनाएका छौं, टोल सुधार समितिका सचिब नीमा लामाले भने ।

 

 

 

 

 

टोल सरसफाईका लागि डस्वीन आवस्यक भई सुरुमा वडा नं.१८ का अध्यक्ष अर्जुन प्रसाद दाहालसँग कुरा राख्दा उनले सहयोग गर्न नसक्ने जवाफ दिएको समितिका अध्यक्ष थिङ्गले बताए । वडा अध्यक्षले आफुले सोकाम गर्न नसक्ने भन्दै उपमहानगरपालिका गएर भन्नु भनेको भन्दै थिङ्गले दुखेसो सुनाए । जनताको सक्रियतामा साथ दिनु पर्ने स्थानिय सरकारका प्रतिनीधिलेनै बेवस्था गर्नखोज्नु राम्रो भएन उनले भने ।

Leave a Reply