काठमाडौं । चीनको सेन्जेनमा जारी एसिया–प्रशान्त आर्थिक सहयोग ९एपेक० शिखर सम्मेलनका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ।

बुधबार भएको भेटमा राष्ट्रपति सीले पुटिनलाई आफ्नो पुरानो मित्र भन्दै यो दुई नेताबीचको ५०औँ प्रत्यक्ष भेट भएको बताए। विश्वमा बढ्दो अनिश्चितताका बीच चीन र रुसको सम्बन्धले स्थिरता कायम गर्न सहयोग पुर्‍याएको उनको भनाइ थियो।

भेटमा पुटिनले एसिया–प्रशान्त क्षेत्रका देशहरूको विकास र समृद्धि दुवै मुलुकको साझा चाहना रहेको बताए।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि चीन भ्रमणमा पुग्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा ट्रम्प र सीबीच व्यापार, भन्सार शुल्क, अमेरिकी भटमास खरिद तथा दुर्लभ खनिजको आपूर्तिबारे छलफल हुने अपेक्षा गरिएको छ।

एपेक सम्मेलनकै क्रममा ट्रम्प, पुटिन र सीबीच त्रिपक्षीय भेटवार्ता हुन सक्ने चर्चा पनि चलेको छ। तर, यसबारे आधिकारिक पुष्टि भने भएको छैन।

Leave a Reply