सिमरा,प्रदेश सभा सदस्य देवनारायण चौधरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ को कुना टोलमा २ ओटा आवास निर्माण कार्यको शिलान्यास गर्नुभएको छ ।अति विपन्न परिवारका लागि मधेस प्रदेश सरकारले ल्याएको निधि आवास कार्यक्रम अन्तर्गत सो वडामा प्रदेशसभा सदस्य चौधरीले आवास निर्माणको शिलान्यास गर्नुभएको हो ।
प्रदेश सभा सदस्य चौधरीको पहलमा जीतपुरसिमरा उपमहानगरपालिकाभित्र वडा नम्बर २ मा ५, वडा नम्बर ६ मा २, वडा नम्बर १, ३, ४, ५, ८, १९ र २० मा १÷१ ओटा गरी १४ ओटा घरको निर्माण गरिने भएको छ ।

दुई ओटा कोठा, एउटा भान्सा र शौचालयसहित निर्माण हुने सो आवासको कुल लागत प्रतिघर ५ लाख हुने प्रदेश सभा सदस्य चौधरीका सोकीय सचिव रविन्द्र खकुरेलले जानकारी दिनुभयो ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का कार्यबाहक वडा अध्यक्ष माया विकको नेतृत्वमा आयोजित शिलान्यास कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य एवंम जीतपुरसिमरा उपमहानगरपालिकाकी पूर्वउपप्रमुख सरस्वतीदेवी चौधरी, एमाले मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल, वडा नम्बर ३ का वडा सदस्य शंकर पाख्रिन, एमालेका नेता अमृतलाल श्रेष्ठ, कृष्ण खनाल, शुक्र श्रेष्ठ, समाजसेवी फजलेहक अंसारी, कमरुल होदा अंसारी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply