हालै अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले इन्डो प्यासिफिक क्षेत्रको भ्रमण गरेपछि विश्वभर तरंग पैदा भएको छ । सिंगापुर, दक्षिण कोरिया, जापान सहित चिनिया अधीनस्थ क्षेत्र ताइवानको भ्रमण गरेपछि न्यान्सी विवादमा तानिन पुगेकी छन् । विशेष प्रयोजनबिना नै केबल चीनलाई चिढाउनकै लागि पेलोसी त्यहाँ पुगेकी विश्वका अधिकांश राजनीतिक विश्लेषकहरुको भनाइ छ ।
शान्ति खलबलिने र दई बहुशक्ति सम्पन्न मुलुकबीच तनाब बढेर तेस्रो विश्वयुद्ध पनि हुनसक्ने लागतमा भ्रमण आवश्यक नरहेको उनीहरुको तर्क छ ।चीनले ताइवानलाई आफ्नो अभिन्न अंगको रुपमा लिनेगरेको छ । पेलोसीले ताइवान भ्रमण गरेपछि अहिले सो क्षेत्र तनाबग्रस्त बन्नपुगेको छ ।
चीनले पेलोसीको ताइवान भ्रमण गलत्तै ताइवान वरपर सैन्य गतिविधिलाई तीव्र बनाएको छ । चीनको उक्त कदमलाई लिएर अमेरिकाले कडा जबाफ समेत दिएको छ ।तरपनि चीनले आफ्नो सैन्य गतिविधिलाई भने निरन्तरता दिएपछि अमेरिकी उक्साहटमा ताइवानले समेत आफ्नो नौ सेनाको गतिबिधिलाई तीव्र बनाएर चिनीया भूमितर्फ बढ्ने काम गरिरहेको छ ।यसले अर्को युद्ध हुने त होइन भन्ने आशंका जन्माइदिएको छ । रुस–युक्रेन युद्धका कारण संसारभर अहिले खाद्यान्न संकट उत्पन्न भएको छ भने गरिबीको रेखामुनि रहेका देशहरु अहिले टाट पल्टने अवस्थामा पुगेको बताइन्छ ।रुस–युक्रेन युद्ध हुनुअघि अमेरिकाले युक्रेनलाई उचालेको आरोप लागिरहेको बेला पेलोसीको ताइवान भ्रमणले फेरि अर्को युद्ध शुरु हुने त होइन भन्ने चिन्ता बिश्वसामू बढेको छ । आफ्नो एकछत्र साम्राज्यलाई अझै मझबुत बनाउने दाउमा रहेको अमेरिकाले एसियाली मुलुकमा समेत शान्ति र स्थिरता नचाहेको आरोप खेपिरहेको छ ।