गाेकुल घाेरसाइने
निजगढ, ५ भदौँ– पशुवलीको लागि प्रशिद्ध बाराको बरियारपुरस्थित गढिमाई मन्दीरका झाँक्री दुखा चौधरीको बिहिबार राति निधन भएको छ ।
रौतहट जिल्ला गुजरा नगरपलिका वडा नम्बर– ४ सिम्री निवासी झाँक्री चौधरीको ७४ को उमेरमा बिहिबार राति ११ बजे घरमै निधन भएको हो ।
पञ्चवर्षिय मेलाको क्रममा झाँक्रीले त्रान्त्रिक विधिबाट नरवली दिएपछि मन्दिर परिशरमा रहेको बरमथानमा आफै बत्ति बल्ने र त्यसपछि सर्वसाधारणको लागि पशुवलीको खुल्ला गरिने मन्दिरका मुल पुजारी मंगल चौधरीले बताउनु भयो । ‘पशुवलीको अघिल्लो रातदेखिनै त्रान्त्रिक विधिबाट पुजापाठसहित झाँक्रीले शरीरबाट निकालेको ५ थोपा रगत चढाँउछन, मुल पुजारी चौधरीले भन्नुभयो, त्यसपछि बरमथान मन्दिरमा आफै बत्ति बल्छ र पञ्चवलीसंगै सर्वसाधारणको लागि पशुवली खुल्ला गरिन्छ ।’
प्रतेक ५÷५ वर्षमा लाग्ने मेलामा आफनो मनकोकक्षा पुरा हुने विश्वासमा नेपाल र भारतका विभिन्न स्थानबाट आएका लाखौँ भक्तजनले राँगा, बोका, हास, परेवा र कुखुराको वली दिने गरेका छन ।
मन्दीरमा दुखाको परिवारले ११ पुस्ताअघिदेिख झाँक्रीको काम गर्दै अएको थियो । दुखाले भने ०४१ सालदेखि निरन्तररुपमा तान्त्रिक विधिबाट मेलामा पुजा गर्दै अाउनुभएकाे मुल पुजारी चौधरीले जानकारी दिनुभयो ।
मुल पुजारी चाैधरीले झाक्री दुखाको निधनले गढिमाई मन्दिर परिवार पनि शोकमा परेको बताउनुभयो ।