कलैया,बाराको पथलैयाबाट प्रहरीले राजश्व छलीको करिब डेढ करोड ५० लाखभन्दा बढी मूल्यको सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।वीरगञ्जबाट मालसामान लोड गरेर भैरहवा र काठमाडौँ जाँदै गरेका दुवै ट्रक प्रहरीले पथलैयामा रोकेर चेकजाँच गर्दा भन्सार छलीका १ करोड ४२ लाख १ हजार ८५१ रुपैयाँ मूल्यको सामान बरामद भएको बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले बताउनुभयो ।वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको ना ६ ख ३८२८ र वीरगञ्जबाटै काठमाडौँ जाँदै गरेको ना ८ ख ४८४२ नम्बरको ट्रक पथलैयामा बुधवार राति रोकेर चेकजाँच गरेको थियो । त्यस क्रममा ना ६ ख ३८२८ नम्बरको ट्रकबाट ४९ लाख ८२ हजार ४४३ रुपैयाँ र ना ८ ख ४८४२ नम्बरको ट्रकबाट ९२ लाख १९ हजार ४०८ रुपैयाँको सामान बरामद भएको एसपी काफ्लेले जानकारी दिनुभयो ।दुवै ट्रकमा भन्सार प्रज्ञापन पत्र र बिलबबिजकको भन्दा बढी सामान बरामद भएपछि सामानसहितको ट्रक नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here