नवीन चौधरी
वीरगन्ज,पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकामा दुई दिने पालिका स्तरीय स्वास्थ्य गोष्ठी कार्यक्रम आइतबारबाट शुरु भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७७÷०७८ को बार्षिक समीक्षा गर्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरेको हो । गोष्ठी सोमबारसम्म आयोजना गरिने जनाइएको छ ।
स्थानीयबासिन्दाको स्वास्थ्यमा उत्पन्न हुने समस्याहरुको बारेमा छलफल गरी समस्या निराकरणको लागि आगामी दिनमा कसरी काम गर्ने र सर्वसाधारणलाई प्रभावकारी सेवा उपलब्ध गराउन योजना बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
स्वास्थ्य शाखाले गत वर्ष आयोजना गरेको स्वास्थ्य कार्यक्रमहरुको तुलनात्मक रुपमा समीक्षा गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको पालिकाका निमित्त प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले बताउनुभयो । निमित्त प्रशासकीय अधिकृत यादबको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वास्थ्य शाखाका कर्मचारी लगायत स्वास्थ्य चौकीका ईन्चार्जहरुको पनि उपस्थिति रहेको थियो ।