निजगढ,निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा संचालन भइरहेको फ्याफुल्ला फुटबल प्रतियोगिताको आइतवार भएको खेलमा न्यू जनजागृति फुटबल क्लब विजयी भएको छ । जितसंगै न्यू जनजागृतिले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।न्यू जनजागृती निजगढ– ५ ले ग्रामीण विकास कोलगाउँलाई टाइब्रेकरमा ५-४ को कठिन जित निकालेको हो । निर्धारित समयभित्र दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।खेलको म्यान अफ द म्याच ग्रामीण विकास कोलगाउँ फुटबल क्लबका सुशील लामा घोषित भए । प्रतियोगिताअन्तर्गत सोमवारको खेल पानीट्यङ्गकी रतनपुर निजगढ– ११ र सहमति फुटबल क्लब रामथली निजगढ– १२ बीच हुने आयोजकले जनाएको छ ।विजय दशमीको अवसर पारेर डम्बरपुरको पर्यटकीय स्थल शक्तेश्वर गुफा र झर्नाको प्रबद्र्धन गर्ने उद्देश्यले संचालन भएको उक्त प्रतियोगितामा आइतवारको खेलसंगै सेमिफाइनल समिकरण पुरा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here