नेपाल इन्धनमा परनिर्भर छ । त्यसो त नेपाल जसरी नै छिमेकी देश भारत पनि इन्धनमा परनिर्भर नै छ । भारतसहित तेश्रो मुलुकबाट इन्धनको आयात नेपालमा हुने गर्दछ ।नेपालमा समेत इन्धनको वर्षेनी अर्बै रुपैयाँ खर्च भइरहेको छ । नेपालमा नेपाल आयल निगम पनि संचालनमा छ र तर उसले हरेक वर्ष घाटा मात्रै व्यहोर्न परेको बताउदै उपभोक्ताहरुलाई ऋणको भारी बोकाउदैआएको छ ।

आयल निगमभित्र नै भ्रष्टचारको जड रहेको कुरा बेला बेलामा सार्वजनिक हुने गरेको छ । यद्यपि यसको फरक हिसवाले व्याख्या होला तर तेलको विकल्पको खोजी भने हुन आवश्यक छ । भारतबाट पाइपबाट तेल ल्याउने काम भइरहेको र त्यो पनि पाइपलाइनमार्फत, यसका लागि चांडो काम सिध्याउन पनि भनिएको छ ।

तर यी सबैभन्दा पनि बिजुलीबाट चल्ने सवारीतिर अब नेपालीहरुको ध्यान जान आवश्यक छ । बिजुलीबाट चल्ने सवारी साधनहरुको खपत बढी भएको खण्डमा इन्धनको यसैप नि माग कम हुनेछ र काम नै कम भएपछि मूल्य पनि घट्नेछ र यसले फाइदा नै हुनेछ ।जल बिजुलीमा नेपाल यसै पनि धनी छ । अब यसतर्फ बढी नेपालीहरुले चासो र ध्यान दिन आवश्यक छ ।

Leave a Reply