कलैया,कलैया उपमहानगरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
भोडाहास्थित खेल मैदानमा आइतवार सम्पन्न अन्तिम क्वाटरफाइन खेलमा नव जनप्रगति युवा करैयामाईले जित हात पारेसंगै प्रतियोगिताको अन्तिम चारको टुंगो लागेको हो ।उजाला युथ क्लब बरेवा बैरियालाई ३–१ ले पराजित गर्दै नव जनप्रगति सेमिफाइनमा प्रवेश गरेको हो । यसअघि नेपाली सेनाको ज्वाला दल गण कलैया, न्यू जनजागृति युवा क्लब निजगढ र समाज विकास युवा क्लब भोडाहा सेमिफाइनलमा प्रवेश गसिकेको छ ।
अन्तिम क्वाटरफाइनल खेलमा जनप्रगतिलाई जित दिलाउने क्रममा सुमन चौधरी, कृष्ण गोसाई र मुक्ति चौधरीले समान एक÷एक गोल गरे । उजालाका लागि नविन चौधरीले एक गोल फर्काए । नव जनप्रगति क्लबका कृष्ण गोसाई प्लेयर अफ दि म्याच घोषित भए ।प्रतियोगिता अन्तर्गत सोमवार हुने पहिलो सेमिफाइनल खेलमा श्री ज्वाला दल गण कलैया र समाज विकास युवा क्लब भोडाहा भिड्नेछन् ।कलैया उपमहानगरपालिको सहयोगमा नगर खेलकुद विकास समितिले प्रतियोगितको आयोजना गरेको हो । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार प्राप्त गर्नेछन् ।


















