नरेश गुप्ता
बरियारपुर,बारामा लागूऔषध ओसारपसार गर्नेको संख्यामा वृद्धि भएको जिल्ला प्रहरी कार्यलय बाराको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष ०७७÷०७८ को असार मसान्तसम्मको ६ महीनाको अवधिमा जिल्ला प्रहरी कार्यलय बारामा लागूऔषध ओसारपसार सम्बन्धि २९ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
लागूऔषध ओसारपसारमा संलग्न ३५ जना पक्राउ परेको र त्यसमध्ये २४ जना पुर्पक्षका लागि वीरगन्ज कारागार चलान गरिएको र ११ जनालाई थुनामा राखी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिनुभयो । जिल्लाका विभिन्न भागबाट गाँजा, अफिमलगायतका नशालु पदार्थ भारततर्फ लगिने अवस्थामा उनीरुलाई विशेष सुराकीको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी सवारी साधनमा राखेर भारतबाट प्रतिवन्धित लगूऔषध नेपाल ल्याउने व्यक्तिहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा लागूऔषध ओसारपसार गर्नेको संख्यामा वृद्धि भएसंगै प्रयोगकर्तामा पनि वृद्धि भएको छ । खुला सिमानाका कारण लागूऔषध ओसारपसारका घटना बढी भएको हो । लागूऔषधका दुव्र्यसनीहरुको संख्या विशेष गरी शहर बजारमा बढी पाइएको प्रहरीको भनाइ छ । त्यसैगरी गत आर्थिक वर्षमा बारामा अपहरण तथा शरीर बन्धक मुद्दामा २ जनामाथि मुद्दा दर्ता भएको छ । आरोपीमध्ये एकजना पुर्पक्षका लागि कारागार र अर्का एक जनालाई थुनामा राखी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।