काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले तेस्रो जीत हात पारेको छ ।ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको खेलमा वालिङले सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हरायो । वालिङका लागि भिओला नमुद्दुले ह्याट्रिक तथा ज्याकलिन नसाली र सुष्मा तामाङले समान १ गोल गरिन् । सुदूरपश्चिमकी ऋतिका कार्कीले १ गोल फर्काइन् ।यो जीतसँगै वालिङ ५ खेलमा ९ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । सुदूरपश्चिम ५ वटै खेलमा अङ्कविहीन हुँदै पुछारमा छ ।


















