काठमाण्डौ – सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची स्थागित गर्नुपर्ने माग गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा आइतवार निवेदन दिनुभएको छ ।जसपा नेपाल विभाजनको मुद्दा अदालतमा विचाराधीन रहेकाले विश्वासको मत लिने कार्यसूची स्थगित गर्न माग गर्दै उपेन्द्र यादवले सर्वोच्चमा निवेदन दिनुभएको हो । जसपा नेपालबाट विभाजन भएर गठन भएको दलले सरकारलाई समर्थन दिएको र नयाँ दललाई आधिकारिता नदिनु र यथास्थितिमा राख्नु भनेर सर्वोच्च अदालतले अल्कालीन अन्तरिम आदेश दिएको अवस्थामा विश्वासको मत लिनु असंवैधानिक देखिएको निवेदनमा उल्लेख छ ।१२ जना सांसद रहेको जसपा नेपाल फुटेर सात जना सांसदसहित अशोक राईको नेतृत्वमा जसपा नेपाल दर्ता भएको छ ।
Home राष्ट्रिय समाचार विश्वासको मत लिने कार्यसूची स्थगितको माग गर्दै उपेन्द्र यादवद्वारा सर्वाेच्चमा निवेदन



















