मनहर्वा,बारा प्रहरीले ४ किलो अबैध चाँदीको गहनासहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा बस्ने कृष्ण साह सोनारका छोरा ४० वर्षका राजेश साह सोनारलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाको परवानीपुर गाउँपालिका वडा नम्बर ५ गण्डक नहरस्थित सडक खण्डबाट मंगलवार साँझ सोनारलाई पक्राउ गरेको हो । वीरगञ्जबाट कलैयातर्फ आउदै गरेका सोनारको ना.१६ प ४०१६ नं.को मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलमा लुकाई छिपाई राखेको अवस्थामा चाँदीका गरगहना फेला परेको हो ।
बरामद चाँदीका गरगहनासहित सोनारलाई पक्राउ गरी प्रहरी हिरासतमा राखी थप अनुसन्धन कार्य भईरहेको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।