कृपा संवाददाता
बरियारपुर , ८ मंसिर । पंचबर्षिय गढीमाई मेला २०७६ मा गढीमाई मन्दिरमा भाकल उडाईने परेवा संरक्षणको लागि प्रयाप्त मात्रामा स्वयंसेवक परिचालन गरिएको छ । शान्तिको प्रतीक मानिन्दै आएको पंक्षी परेवा संरक्षण अभियानलाई नगर प्रमुख उपेन्द्र यादव र प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोख्रेलले संयुक्त रुपमा यो अभियानलाई उदघाटन गरि थालनी भएको हो ।
पंचबर्षिय गढीमाई मेलामा करोडौं परेवा मन्दिरमा उडाईने भएपछी त्यसको हेरचाह र संरक्षणको लागि २१ जना स्वयंसेवक परिचालन गरिएको पशु कल्याण संघ नेपालको स्नेहा श्रेष्ठले बताईन । निर्दोष पंक्षी परेवालाई बाच्ने पुर्ण अधिकार दिने र उनिहरुको बस्ने घर र आहाराको ब्यवस्थापन गरिएको छ । सर्वोच्च अदालतले पशु पंक्षिको बलि प्रथा न्यूनीकरण गर्न जारी सुचना अनुरुप स्थानिय तहले पनि बलि प्रथा न्यूनीकरण गर्नको लागि पहल गरेको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।
पंचबर्षिय गढीमाई मेला ब्यवस्थापन मुल समिति र पशु कल्याण बिछ ५ बुन्दे सहमति भएको छ । जसमा परेवा संरक्षणलाई पहिलो प्राथमिकतामा राखिएको मेला ब्यवस्थापन मुल समितिको महासचिव मोतिलाल कुशवाहाले बताए ।