कलैया,नेकपा एमालेका अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध कांग्रेस अनावश्यक निँहु खोज्न आएको बताउनुभएको छ ।बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित भवनको शुक्रवार उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले लोकतान्त्रिक पार्टी र त्यसको मसिहा भन्न रुचाउने कांग्रेसले संसदभित्र संसदीय मर्यादा समेत पालना नगरेको बताउँदै आफूविरुद्ध अनावश्यक निँहु खोज्न आएको बताउनुभएको हो । ओलीले लोकतन्त्रकोे मसिहा भन्न रुचाउने कांग्रेसले संसदभित्र संसदीय मर्यादा बिर्सिएको बताउनुभएको छ ।

संसदमा बिहीवार भएको घटनामा कांग्रेसले संसदीय मर्यादा बिर्सिएको ओलीको भनाई थियो । ‘प्रतिपक्षीको बस्ने ठाउँ टाढा छ । तर पनि म तिर आएर निहुँ खोज्ने काम भयो’ ओलीले भन्नुभयो ‘मैले संसदीय मर्यादा कायम राख्नुस । म तिर होईन सभामुखतर्फ फर्किएर नारा लगाउनुस भन्दा मैसंग निहुँ खोजियो । कांग्रेसले लोकतान्त्रिक मर्यादा कायम राखेन ।’
गृहमन्त्री रवि लामिछानेविरुद्ध कांग्रेसले संसदीय समिति नभएर सरकार खोजेको आरोप लगाउनुभयो । ‘कांग्रेसले रवि लामिछानेविरुद्ध समिति खोजेको होईन । कांग्रेसलाई सरकार चाहिएको हो’ ओलीले भन्नुभयो ‘यो सरकार उल्टाउन खोजिदैछ । सरकार उटाउन दिईदैन ।’

ओलीले वर्तमान सरकार नेपाल र नेपालीले बनाएको बताउनुभयो । कांग्रेसको महामन्त्री भनिएका व्यक्तिले आफू र सभामुखविरुद्ध पत्रकार सम्मेलन गर्ने जस्ता काम गरेको भन्दै ओलीले असन्तुष्टी पोख्नुभयो । ओलीले संसदमा कांग्रेसले अनावश्यक तमासा गरिरहेको र केही पार्टीहरु कांग्रेसको पछि लागिरहेको बताउनुभयो ।उद्घाटन समारोहलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, बारा क्षेत्र नम्बर ४ का सांसद एवम् पूर्वमन्त्री किसान श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply