सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १४ रजघट्टास्थित दुधौरा खोलामा अवैध तरिकाले गिट्टी बालुवा उत्खनन भईरहेको पाइएको छ ।सरकारले रोक लगाएको अवधिमा पनि दुधौरा खोलाबाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन भइरहेको हो ।सरकारले बाढीजन्य प्रकोप न्युनीकरणको लागि असार महिनादेखि भाद्र मसान्तसम्मे खोला क्षेत्रबाट नदीजन्य पदार्थ उत्खननमा रोक लगाउदै आएको छ ।खोलामा अवैध रुपमा उत्खनन भइरहेको सूचना पाएपछि वडा नम्बर १४ की वडाध्यक्ष चयन गुरुङले स्थलगत अनुगमन गर्नुभएको थियो । स्थानीय बासिन्दा र प्रहरीको रोहवरमा गरिएको स्थलगत अनुगमनको क्रममा खोला पूर्णरुपमा बन्द रहेताको पाइए पनि बेलुका ८ बजेपछि बिहान ५ बजेसम्म अबैध तरिकाले ५०÷६० टिप बालुवा उत्खनन गरि खोला किनारमा डम्पिङ गरि लुकाइछिपाई राखेको अवस्थामा ट्याक्टरसमेत बरामद गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।गिट्टी बालुवा उत्खनन गरेर प्रशोधन गर्नका लागि खोलामै राखिएको ५ वटा वास प्लान्टमा वडाले डोजर चलाएर नष्ट गरेको छ ।खोला बन्द रहेको बेला अवैध रुपमा प्राकृतिक सम्पदाको दोहन गरि हानी नोक्सानी पु¥याउने थप कार्य गरेको पाइएमा वडा कार्यालयले कडा एक्सन लिने वडा अध्यक्ष गुरुङले बताउनुभयो ।खोला बन्द भएको बेलामा पनि अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नु कानुन विपरित रहेको हुनाले आफूले सूचना पाए लग्तै अनुगमन गरेर अवैध रुपमा गिट्टी बालुवा उत्खननमा प्रयोग हरिएको समग्री प्रहरी र स्थानीयको रोहबरमा नियन्त्रणमा लिएको समेत वडाध्यक्ष गुरुङले बताउनुभयो ।त्यस्तै वडाध्यक्ष गुरुङले प्राकृतिक सम्पदाको दोहन गरि प्राकृति, समाज र राज्यलाई हानी नोक्सानी पु¥याउने कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा वडा सरकारको तर्फबाट अपील पनि गर्नुभएको छ ।

 

Leave a Reply