सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका– १२ पिपरा टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ४५ वर्षीय रामानन्द चौधरीको करेन्ट लागेर शनीवार बिहान मृत्यु भएको हो ।आफ्नै घरमा पङ्खा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि नारायणी सेन्टर अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply