राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली राजनीतिको लगभग कान्छो राजनीतिक दल हो तर उसले छोटो समयमा निकै प्रगति पनि गरेको छ । त्यही पार्टीका सभापति रवि लामिछाने अहिले गृहमन्त्री पदमा बिराजमान हुनुुहुन्छ ।२०७९ सालमा सम्पन्न भएको आम निर्वाचनमा सो पार्टीलाई राम्रै मत दिएका थिए, नेपाली मतदाताले । त्यसो त हालै सम्पन्न भएको उपचुनावमा पनि यो पार्टीले इलामबाट जित्ने आँकलन गरिएको थियो तर त्यहाँ जमानत जफत भएको छ । अब यहीबाट यो पार्टीप्रतिको आम नागरिकहरुको विश्वास घट्दै गएको बुझ्न सकिन्छ ।

नेपालमा ठूला भनिएका राजनीतिक दलहरुमा देखिएको चरम अवसरवादका कारण विकल्पको रुपमा यो पार्टीलाई नेपाली जनताले रोजेका थिए र हेरेका पनि थिए तर अब राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नै कारणले सकिने हो कि भन्ने धेरैलाई लागेको छ । के के न गर्छु भनेर सरकारमा हाम्फालेकोले यो दुरावस्थामा सरकारमा रहेर नै सो पार्टी सकिने जस्तो भएको छ । शक्ति र पदमा रहेर पनि उसले बाहिर भाषण गरे जसरी जनतालाई केही दिन सकेको छैन ।

सहकारी प्रकरण, आगलागीको समस्या, भ्रष्टचार नियन्त्रणका सवालमा गृहमन्त्री लामिछानेको पटक्कै एक्सन देखिएको छैन । गृहमन्त्री पहिला टेलिभिजन कार्यक्रमको प्रस्तोता हुँदा अरुलाई जसरी प्रश्न सोध्ने गर्नुहुन्थ्यो आज अरुले उहाँमाथि प्रश्न सोधेका छन् तर उहाँसंग जवाफ छैन ।दुई महिनाको समय काम गर्नेका लागि काफी हो तर गृहमन्त्रीको अहिलेको पाराले केही परिवर्तन हुनेवला चैं छैन । बरु प्रचण्ड, केपीहरुको गतिलो गोटी चैं बन्ने गरेको देखिएको छ । सत्य चैं यही नै हो, यसको पुष्टी भने केही समयपछि मात्रै हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here