आरके राजन
सिम्रौनगढ,सिम्रौनगढका व्यावसायी एवंम उद्योग वाणिज्य संघ सिम्रौनगढका पूर्वउपाध्यक्ष मुकेशप्रसाद जसवाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी बारा जिल्लाका संयोजक चन्दन स्वर्णकारले स्थानीय कार्यकार्तहरुको उपस्थितिमा जसवालाई टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।सिम्रौनगढ उद्योग वाणिज्य संघको निवर्तमान उपाध्यक्ष जसवाल बाराको दक्षिणी क्षेत्रमा मझौला स्तरका तर चर्चित व्यवसायी हुनुहुन्छ ।
पछिलो समय बाराको दक्षिणी भेगमा संगठन निर्माणमा आक्रमक देखिएको रास्वपाले जयसवाललाई पार्टीको सिम्रौनगढ उद्योग तथा वाणिज्य प्रमुखको जिम्मेवारी दिएको छ ।पार्टी प्रवेश कार्यक्रममा बारा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति रजनिश कुशवाहा, सिम्रौनगढ नगर कमिटी सभापती साहेब अन्सारी लगायत कार्यकर्ताहरुको उपस्थिति थियो ।



















