राजकुमार यादव

मौलापुर,रौतहटको गरुडामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । गरुडा नगरपालिका– १ जयनगर बस्ने ५७ वर्षीय रामप्रसाद यादवको करेन्ट लागेर मृत्यु भएको हो भने गरुडा नरपालिका वडा नम्बर ९ श्रीपुरका विश्वनाथ दासको बागमती नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुनिल मल्ले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार आफ्नै खेतमा काम गर्न गएका यादवको ढलेको विद्युतको पोलको तारमा परेर हिजो साँझ ६ बजेर ३० मिन्टमा मृत्यु भएको थियो । तर स्थानीयका अनुसार यादवले आइतवार विहान खेतमा काम गर्न गएका थिए र सोमबार विहान घर नफर्किएपछि खोजतलासको क्रममा खेतमा मृत अवस्थामा उनको शव फेला परेको थियो । उक्त घटना बारे प्रहरीले थप अनुसन्धान गरि रहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक मल्लले जनकारी दिनुभयो ।

त्यस्तै गरुडा नगरपालिका वडा नम्बर ९ श्रीपुर टोल बस्ने नरेश दासको २० वर्षीय छोरा विश्वनाथ दासको नहरको पानीमा डुबेर मृत्यु भएको छ । वागमती नहरमा पौडी खेल्न गएका दासको डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार दुबै जनाको शवलाई जिल्ला अस्पताल गौरमा पोष्टमार्टम गरेर आफन्तको जिम्मा लागाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here