कलैया,बाराबाट प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय पाएर पनि फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।बारा जिल्ला अदालत कलैयाबाट कैद तथा जरिवाना सजाय पाई लुकिछिपी बस्दै गरेको अवस्थाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवंम जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।प्रहरीले परवानीपुर गाउँपालिका– ५ बहुअरी बस्ने ४० बस्ने रामएकवाल साह र सिम्रौनगढ नगरपालिका वडा नम्बर– ९ बस्ने ६० बस्ने असर्फी महतोलाई पक्राउ गरेको उहाँले बताउनुभयो ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि बारा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
फोटो पनि छ ।


















