निजगढ,बाराको जीतपुरसिमरा उपमहानगरपालिका, कोल्हबी र पचरौता नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नयाँ आउनुहुने भएको छ ।संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीवार २७ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गर्ने क्रममा जीतपुरसिमरामा उर्मिला काफ्ले (उपसचिव), कोल्हबी नगरपालिकामा पितानाथ लुइटेल र पचरौता नगरपालिकामा भूदेव झालाई खटाएको हो ।

सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो ।संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीवार २७ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ । सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरुमध्ये केहीले जिल्ला समन्वय समितिमा जिम्मेवारी पाएका छन् भने केही विभिन्न मन्त्रालयहरुमा पनि सरुवा भएका छन् ।

Leave a Reply