वीरगञ्ज,नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा सर्वसम्मत चयन हुनुभएको छ ।पार्टीका नेता कार्यकर्ताहरुको सहमतिपछि जिल्ला कमिटीको अध्यक्षमा डा. शर्मालाई निर्विरोध निर्वाचित गरिएको हो । यसअघि अध्यक्षमा डा. शर्मासँगै कुनाल महतो थारु र हनिफ मियाँ जोलाहले उम्मेद्ववारी दिनुभएको थियो ।

उपाध्यक्षमा लालबाबु शेख र मनोजकुमार गुप्ताबीच र सचिवमा नवराज शर्मा तथा महेश दासबीच पनि सहमतिको लागि छलफल भइरहेको बताइएको छ ।उपसचिवमा रामकिशोर सिंह (पराग), ईमरान हुसेन र नविजान मियाँ अन्सारी प्रतिस्पर्धामा छन् भने महिलातर्फ गिता देवी भण्डारी र सिता देवी लामाले उम्मेदवारी दिएकी छन् ।लेखा समिति अध्यक्षमा पनि सन्तोषकुमार सिंह र शिवजी गुप्ताको उम्मेदवारी परेको छ । लेखा समिति उपाध्यक्षमा भने गोविन्दप्रताप श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।सहमतिको आधारमा जिल्ला कमिटीका नयाँ पदाधिकारी तथा सदस्इहरुको चयन गर्ने गरी छलफल भइरहेको सचिवका आकांक्षी महेश दासले बताउनुभएको छ । सहमति बन्न नसकेको अवस्थामा मतदानमार्फत चयन गरिने उहाँको भनाई छ ।















