नेपाली काँग्रेस यो देशको पुरानो राजनीतिक पार्टी हो । उसले आफूलाई आन्तरिक रुपमा लोकतान्त्रिक अभ्यास गर्ने पहिलो पार्टी हो पनि भन्छ त्यसको फरक हिसावले समाजमा मुल्यांकन छ नै । तर काँग्रेसभित्र हुने राजनीतिक गतिविधिले भने अहिले चैं नेपाली राजनीतिमा केही न केही असर पर्छ ।सबैलाई काँग्रेस मन नपर्ला तर आजको दिनमा प्रतिनिधि सभाको सबैभन्दा ठूलो पार्टी त काँग्रेस नै हो अनि उसले लिने निर्णयले त राजनीतिमा असर पर्छ नै र पर्दै आइरहेको पनि छ ।

हालै नेपाली काँग्रेसले एउटा निर्णय गरेको छ जसले काँग्रेसभित्र त राजनीतिक तरंग उत्पन्न भएको छ नै अनि अन्य पार्टीमा पनि तरंग मच्चाइएको छ । नेपाली काँग्रेसले केही नेतालाई अनुशासनको कारबाही गरेको छ ।
हुन त यो उसको आन्तरिक कुरा हो तर बहस त सृजना भएको छ । अर्को चुनाव एक प्रकारले भन्दा आउदै गर्दा चुनावमा असयोग गरेको भन्दै केहीलाई कारबाही गरिएको कुरा आएको छ ।त्यसो त बिहीवार संचारमाध्यमहरुमा आएका खबरहरु अनुसार काँग्रेसको शेखर पक्षले यसलाई अस्वीकार पनि गरेको छ । काँग्रेस यस्तो पार्टी हो जहाँ फरक फरक समूह पनि छन् । एउटा समूहले अकालाई सिध्याउनका लागि यही कारबाहीको अस्त्र प्रयोग गर्ने गर्छन् । त्यसैले पनि काँग्रेसको कारवाहीले राजनीतिमा तरंग हुने गर्दछ र भइरहेको पनि छ ।

Leave a Reply