कृष्ण मोहन साह
सेढवा,पर्सा राष्ट्रिय निकुञ्जद्वारा सञ्चालित पञ्चमूखी मध्यवर्ती उपभोक्ता समितिले आइतवार ५० जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर– १ भवानीपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा राष्ट्रिय प्रकृति संरक्षण कोषको अक्षय कोषको ब्याज रकमबाट ५० जना विद्यार्थीलाई ट्र्याक सुट वितरण गरिएको हो ।
असहाय बालबालिकाहरु शिक्षाबाट बञ्चित हुननपरोस भन्ने उद्देश्यका साथ विद्यार्थीहरुलाई ट्र्याक सुट वितरण गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष महादेवपट्टीका संयोजक जितेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।
जिराभवानी गाउँपालिका वडा नम्बर– १ का वडा अध्यक्ष रामशरण खवासको प्रमुख आतिथ्यता तथा पञ्चमूखी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष जयचन्द्र दासको सभापतित्वमा सम्पन्न पोशाक वितरण कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज गडुवा लाइन सेक्टरका सिनियर गेम स्काउट सञ्जय यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण भैया, विद्यालयका प्रधानाध्यापक यानबहादुर श्रेष्ठलगायत स्थानीयहरुको सहभागिता रहेको थियो