काठमाडौंबाट सिधा तराई मधेशसंग जोडिएको फाष्ट ट्याक अथवा द्रुत मार्ग निर्माण कार्यले अपेक्षाकृत प्रगति गर्न नसकेको कुरा आएको छ । द्रुत मार्ग निर्माण भएको लामो समय भएपनि प्रगति भने खासै हुन सकेको छैन । प्रगति हुन नसक्नुमा धेरै कारण भएपनि मुख्य कारण भने स्थानीयहरुको असयोग र सरकारको लगनशीलता नै कम देखिन्छ ।

ललितपुरको खोकनाबासीको अवरोधका कारण समयमा निर्माण सम्पन्न हुने आशंका ब्यक्त गरेको नेपाली सेनाले आफैले पनि अपेक्षा अनुसार बाटो बनाउन सकेको छैन । शुरुमा भारतीय निर्माण कम्पनीले उक्त मार्ग बनाउने जिम्मा लिएको भएपनि पछि नेपाली सेनाले यसको जिम्मेवारी लिएको हो ।

तर, सेनाले जिम्मेवारी लिएपछि समयमा काम सम्पन्न होला भन्ने धेरै नागकिहरुलाई लागेको थियो । तर काम सफल हुन सकेको छैन । सेनाले हात हालेपछि समयमा काम सकिएला भन्ने लागेको थियो तर यसको प्रगति कमै भएकाले पनि आशंका उत्पन्न भएका छन् । अरु ठेकेदारले गरेको काम भन्दा सेनाको काम प्रभावकारी हुनु पर्दछ यही नै सत्य कुरा हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here