नेपाल कृषि प्रधान देश हो भन्ने गरिन्छ तर कृषकहरुको अवस्थामा भने खासै सुधार भएको देखिदैन । राज्यबाट त कृषकहरु प्रताडित छदैछन् साथमा प्रकृतिबाट समेत कृषकहरु बेलाबेलामा प्रताडित हुने गरेका छन् । बेला बेलामा आउने विपत्तिका कारण कृषकहरुले समस्या झेल्नु परेको छ ।बाराको निजगढका कृषकहरुले पछिल्लो समय यस्तै समस्या झेल्न परेको छ । कृषकहरुले लगाएको केराखेतीमा प्रकृतिको नजर परेपछि उनीहरुलाई पीडा थपिएको छ ।कृषकहरुको समस्या झट्ट हेर्ने हो भने उनीहरुको मात्रै हो कि भन्ने लाग्न सक्छ तर यसो होइन । कृषकहरुको समस्या भनेको देशकै साझा समस्या हो । यदि कृषिमा घाटा भयो भने यसले उत्पादनमा हस आउनेछ र खाद्यान्नमा मुल्य बढ्नेछ र यसको सिधा असर नागरिकको भान्छामा पर्नेछ । त्यसैले पनि कृषकहरुको समस्या साझा हो र बनाइनुपर्छ ।देशलाई कृषि प्रधानमात्रै भनेर पनि हुदैन । यसका लागि त नीति पनि बन्न आवश्यक छ । यो विषयमा स्थानीय सहितका सरकारहरुले नीति बनाउन आवश्यक छ ।निजगढका केराखेतीबाट क्षति व्यहोर्न बाध्य कृषकहरुका लागि सरकारले राहतको व्यवस्था गर्नुपर्दछ । स्थानीय सरकारले पनि सकेको सहयोग गर्नुपर्दछ नत्र कृषकमैत्री सरकार कसरी हुनसक्छ र ?

Leave a Reply