पुष्पराज खतिवडा
मनहर्वा,कर्तव्य ज्यान सम्बन्धि कसुरको अनुसन्धानको सिलसिलामा प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाईदिन्छु भनी ६ लाख रुपैंया ठगी गर्र्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ ।ठगी गरेको आरोपमा थुनामा रहेका व्यक्तिका आफन्तले प्रहरीमा दिएको जाहेरीको आधारमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बसहडिलवा निवासी ४१ वर्षिय दुर्गा साह कानुलाई प्रहरीले गत आइतवार पक्राउ गरेको हो ।पक्राउ परेका कानु विरुद्ध ठगी मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट दिन ५ दिनको म्याद लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरी पवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।


















