बुधबारका दिन नेपाली राजनीतिका लागि एक नमिठो दिनको रुपमा चित्रित गर्न सकिन्छ । अझै कम्युनिष्ट आन्दोलनमा लागेकाहरुका लागि यो दिन झनै दुखद बनेको छ । जो सबैभन्दा धेरै एमालेमा लागे, जसले एमालेको श्रीबृद्धिका लागि पहल गरे अझै नेतृत्व पनि गरे तिनै नेता बुधबारबाट फरक बाटोमा हिडेका छन् । एमालेका बरिष्ठ नेता रहेका माधव नेपालले एमाले पार्टी छाडेका छन् । उनी अब एमाले तर फरक नाउको एमालेमा लागेका छन् ।
जे भए पनि केपी ओली र माधव नेपालको सहयात्रा भने तोडिएको छ । हुन त मन र सिदान्त नै मिल्दैन भने श्रीमान श्रीमती त अलग भएको उदाहरणहरु समाजमा छन् भने पार्टीका नेताहरु एक ठाउँमा बस्न आवश्यक पनि छैन । तर कम्युनिष्टहरुमा विभाजन आउनु भनेको आफैमा कम्युनिष्ट आन्दोलन कमजोर हुनु हो । आजको दिनमा कुरा गर्ने हो भने कम्युनिष्टको नाउमा राजनीति गर्नेहरुको संख्या यो देशमा दशौं भइसकेका छन् ।
तर, उपलब्धी मुलक कम्युनिष्टहरु खास छैनन् । काँग्रेस कुनै बेलामा फुट्यो तर एक भइ नै सकेको छ तर कम्युनिष्टहरुमा एकता हुन सकेन । बीचमा प्रयास भएको थियो त्यो पनि लामो समय रहन सकेन । कम्युनिष्ट आन्दोलन विसर्जन गराउन भूमिका निर्वाह गर्नेहरुको इतिहाँसमा पक्कै मूल्यांकन हुनेछ । आज कसका कारणले बिभाजन आयो त्यसको समीक्षा हुन जरुरी छ ।