रौतहट,जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा भोलि आइतवारलाई पनि कफ्र्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले शनिबार साँझ नयाँ सूचना निकालेर भोलि (आइतबार) पनि कफ्र्यु आदेश निरन्तरता दिनुभएको छ ।सूचनाअनुसार आज दिउँसो १ बजेदेखि लागू भएको कफ्र्यु बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेपछि साढे ८ बजेसम्म कफ्र्यु खुकुलो पारिएको छ । सो अवधिमा पनि कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ ।

फेरि बिहान साढे ८ बजेदेखि नै अर्को आदेश जारी नभएसम्म पुनः कफ्र्यु लागू रहने सूचनामा उल्लेख छ । कफ्र्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।कफ्र्यु लागू हुने क्षेत्रमा पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालय कायम गरिएको छ ।

आज बिहान करिब ९ बजेदेखि ढुङ्गामुढा सुरु भएपछि स्थिति नियन्त्रणमा लिन सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ । झडप उग्र रूप लिन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका संयुक्त टोली घटनास्थलमा खटिएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले उच्छृंखल गतिविधिमा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरेको छ ।
शनिबार गौरको बिभिन्न ठाउँमा भएको झडपमा कैयौँ गाडी जलाइएको छ भने गौर–३ मा रहेको एउटा मस्जिद समेत जलाइएको छ ।

शुक्रबार साँझ भएका वार्तामा सामाजिक सद्भाव कायम गर्ने, संयमता अपनाउने र आउँदो २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता दोहो¥याइएको थियो ।
बिहीबार राती सवगढामा विवाहको जन्ती बाजा बजाउँदै आउँदा मस्जिदअगाडि अवरोध भएपछि विवाद चर्किएको थियो ।

Leave a Reply