डुमरवाना,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको अधिवेशन नजिकिदै गर्दा बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन शर्माले व्यवसायीहरुलाई तोकिएको समयमा संघको सदस्यता नवीकरण गर्न आग्रह गर्नुभएको छ । निर्धारित समयमा सदस्य नवीकरण गरेमा सदस्य व्यावसायीलाई परेका समस्याहरु बारे बाणिज्य संघले हल गर्न पहल गर्ने उहाँले बताउनुभयो ।

आगामी असोजमा हुन गईरहेको नगर उद्योग बाणिज्य संघको अधिवेशनले संघको नयाँ कार्यसमिति चयन गर्ने भएकोले उहाँले सबै तह र तप्काका व्यावसायीहरु मिलेर अगाडि बढन पनि आग्रह गर्नुभएको छ । शर्माले कोरना महामारीको मारमा परेका उद्योगी÷व्यवसायीहरुलाई संघको सदस्यता नवीकरणमा छुट दिएको पनि बताउनु भयो ।

अर्को फरक प्रसङ्गमा उपाध्यक्ष शर्माले व्यवसायीहरुलाई सरकारी निकायले विभिन्न बाहानामा दुख दिने गरेको पाइएकोले यसको बिरोधमा सहजीकरण गर्न आफु तयार रहेको पनि जनाउनु भएको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष नै अधिवेशनबाट उद्योग बाणिज्य संघको अध्यक्षमा स्वत चयन हुने संघको विधानमा व्यवस्था भए बमोजिम शर्मा नगर उद्योग बाणिज्य संघको आगामी ३ वर्षे कार्यकालको लागि अध्यक्षमा चयन हुनुहुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here