कृष्ण मोहन साह

सेढवा,पर्साको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले बिहीवार अबैध रुपमा भारतबाट नेपाल भित्र्याइदै गरेको २० वटा ब्रोइलर कुखुरा नियन्त्रणमा लिएर नस्ट गरेको छ ।सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुरबाट सशस्त्र प्रहरी निरीक्षक दिपक नापितको नेतृत्वमा गएको सशस्त्र प्रहरीको गस्ती टोलीले ठोरी गाउँपालिका वडा नम्बर ४ गोपी बस्तीबाट उक्त कुखुरा नियन्त्रणमा लिएको हो ।बरामद गरिएको कुखुरालाई स्थानीयबासिन्दा, भद्रभलादमी र सन्चारकर्मीको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गण वीरगन्जका प्रवक्ता निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक संतोष बस्नेतले जानकारी दिनुभयो ।

Leave a Reply