सेढवा,नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण श्रेष्ठले नेकपा एमालेमा आफु नगएको प्रष्ट पार्नुभएको छ । नेकपा एमालेको पर्सागढी नगरपालिकको सचिवमा आफ्नो नाम विभिन्न सञ्चार माध्यमहरुमा आएपछि श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर आफुसँग सल्लाह नै नगरी सचिव पदमा राखेको प्रति आपत्ति जनाउदै आफ्नो राजनीतिक यात्रा माओवादीबाट भएको र अहिले पनि माओवादी केन्द्रमै रहेको जनाउनु भएको छ । उहाँले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले नेकपा एमालेसँग जोडेर विभिन्न पत्रपत्रिकामा नाम आएकोप्रति घोर आपत्ति जनाउनु भएको छ । आफु हिजो, आज र भोलि पनि नेकपा माओवादी केन्द्रमा नै रही रहने जनाउदै त्यस्तो कपोलकल्पित निर्णयहरु नगर्न नेकपा एमाले जिल्ला कमिटी पर्सालाई चेतावनी पनि दिनुभएको छ ।