अहिले नेपाली राजनीतिमा एउटा विषयले निकै चर्चा पाइरहेको छ, त्यो भनेको मिसन ०८४ हो । विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीले अलिक बढी उच्चारण गरिरहेको यो मिसनले कालान्तरमा केपी ओली अथवा नेकपा एमालेलाई चैं बढी फाइदा हुने लक्षण देखिएको छ ।मिसन ०८४ भनेको अब हुने संसदीय दलको चुनावमा अत्याधिक मत ल्याउने दलहरुको लक्ष्य हो र त्यो चुनाव अब ०८४ सालमा नै हुने हो । अहिले भर्खर इलाममा भएको उपचुनावले त्यही संकेथ गर्दैछ, त्यो एमालेका लागि फाइदाजनक छ ।

यसो भन्दा यहाँ एमालेको पक्षमा वा उसलाई बल पुग्ने गरी कुरा गर्न खोजिएको होइन, तर इलामको त्यो क्षेत्र एमालेकै थियो तर उसले गुमाउन पनि सक्थ्यो तर बचाएको छ अनि यसरी हेर्ने हो भने त एमालेले त धेरै स्थान गुमाउने छाँट आगामी चुनावमा देखिदैन । त्यसो त उसले ०७९ मा भएको चुनावमा पनि धेरै ठाउँमा गुमाएको छैन । जबकि त्यहीबेला धेरै स्थानमा त्यो बेलाका दलहरुको चुनावी तालमेल चर्को थियो ।

अब इलामको चुनावी परिणाम अनि अरु केही परिघटनाले एमालेलाई ०८४ मा खासै घाटा हुने देखिदैन । जसले जे भने पनि एमाले पहिलो पार्टी नै बन्ने लक्षण देखिन्छ फरक यत्ति हो कि उसले बहमुत भने ल्याउने संभावना नरहला । अब दोश्रो पार्टी चैं कुन हुन्छ यसै भन्न सकिन्न । जसले जनताको विश्वास जित्नसक्छ उसले बाजी मार्ने देखिन्छ ।
यो हिसावले पनि एमालेलाई मिसन ०८४ फलदायी नै देखिनेछ । बरु एमालेसंग टाँसिएको नाताले माओवादीले केही स्थानमा बैतणी तर्ने संभावना पनि रहन भने सक्छ । यसो भनेर माओवादीलाई होच्चाउन खोजेको होइन यथार्थ विश्लेषण यही नै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here