सिमरा,कबाडी करको नाममा वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा पर्ने त्रिभूवन राजपथमा अवैध रुपमा पैसा असुली गर्ने समुहका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ ।कबाडी करको नाममा ढुवानीका साधन रोकर अबैध रुपमा रकम असुली गर्ने समुहका वीरगन्ज महानगरपालिका – २१ निवासी २७ वर्षिय पप्पु गुप्ता, सोही ठाउँमा २५ वर्षिय श्रीकान्त पटेल, पर्साको बिन्दबासिनी गाउँपालिका – १ निवासी १९ वर्षिय चन्दनकुमार पण्डित र भारत घर भएका २१ वर्षिय सुरजकुमार गुप्तालाई प्रहरीले आइतवार पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई बोलाएको बखत प्रहरी कार्यालयमा हाजिर हुने सर्तमा सोमवार छोडिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।प्रहरीका अनुसार राजमार्गमा बसेर जबरजस्ती कर असुल गरिरहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई जीतपुरसिमरा उपमहानगरपालिका – २३ स्थित राजमार्गबाट रङ्गे हात पक्राउ गरिएको थियो ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका र परवानीपुर गाउँपालिकाको कबाडी करको ठेक्का सकारेको ठेकेदार कम्पनीको नाममा राजमार्गमा भारतबाट आउने मालवाहक ट्रक र अन्य सवारीसाधन समेतबाट जथाभावी रुपमा अवैध पैसा असुली हुदैआएको प्रहरीको भनाइ छ ।पालिककाको ठेक्काको नाममा भइरहेको अवैध असुली बारे छलफल गर्न आफूले पालिकाका प्रतिनिधिहरुलाई बोलाएको भएपनि उपस्थित नभएको पनि उपरीक्षक बोगटीले बताउनुभयो ।

Leave a Reply