वीरगन्ज,नेकपा माओबादी केन्द्रले वीरगन्ज महानगरपालिकाको बिभिन्न वडामा वडा कमिटी गठन गरेको छ । वीरगन्ज महानगरपालिकाको वडा नं. १, २, ११, १२, १३, १८, २२, २३, २४, २६, ३० र ३१ कमिटी गठन भएको नेकपा माओवादी केन्द्र वीरगन्ज महानगर कमिटीले जनाएको छ । वीरगन्ज महानगरपालिकाको वडा नं. २६ मा बुधबार भएको माओबादीको वडा भेलाले हिरा अन्सारीको अध्यक्षतामा ३१ सदस्यीय वडा समिति गठन गरेको छ । माओवादीका प्रदेश नं. २ का प्रदेश समिति सदस्य रामदरश कुशवाहा, वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, जिल्ला सदस्य सलाम अंसारी, प्रभु यादव, नन्दकिसोर पंजियार, सगिर आलम, राजु बैठा, ब्यास यादव, टुनटुन तिवारीको बिशेष उपस्थितिमा वडा कमिटी गठन भएको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य महमद जुबेर आलमले जानकारी दिनुभयो । यस्तै, यस अघि वीरगन्ज महानगरपालिकाको वडा नं. १ मा रबिन्द्र महतोको अध्यक्षतामा १५ सदस्यीय, वडा नं. २ मा प्रकाश साहको अध्यक्षतामा २१ सदस्यीय, वडा नं. ११ मा अजय मण्डलको अध्यक्षतामा १५ सदस्यीय, वडा नं. १२ मा जियालाल साह कानुको अध्यक्षतामा ११ सदस्यीय, वडा नं. १३ मा नसरुदिन अंसारीको अध्यक्षतामा २१ सदस्यीय, वडा नं. १८ मा सरोज पटेलको अध्यक्षता ३१ सदस्यीय वडा कमिटी गठन भएको उनले जानकारी दिनुभयो । यस्तै बीरगन्ज महानगरपालिकाको वडा नं. २२ मा हिरा साहको अध्यक्षतामा ३१ सदस्यीय, वडा नं. २३ मा जितेन्द्र महतोको अध्यक्षतामा ५१ सदस्यीय, वडा नं. २४ मा सरिफ अंसारीको अध्यक्षतामा ३१ सदस्यीय, वडा नं. ३० मा राअसरे साहको अध्यक्षतामा १७ सदस्यीय र वडा नं. ३१ मा हरेराम साह कानुको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन सम्पन्न भएको माओबादीको बीरगन्ज महानगर कमिटीले जनाएको छ ।

Leave a Reply