दुष्यन्त चौधरी

बारा,नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बारा शाखाले नेपाल पत्रकार महासंघले आफ्नो इतिहास सच्याउनु पर्ने भन्दै नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारीलाई सोमबार ज्ञापनपत्र बुझाएको हो ।

नेपाल पत्रकार महासंघले संस्थापक सभापति कृष्णप्रसाद भट्टराई हुन् भनेर गलत तथ्य स्थापित गर्न खोजेकोले त्यसलाई तत्कालै सच्याएर जानुपर्ने देखिएकोले नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बारा शाखाका अध्यक्ष जियालाल चौधरीको नेतृत्वमा गएको टोलीले महासंघ बारा शाखा अध्यक्ष तिवारीलाई ज्ञापनपत्र बुझाएको नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बारा शाखाका सचिव धिरेन्द्र पनुहरले जानकारी दिनुभयो ।

ज्ञापनपत्रमा सरकारले आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममार्फत ‘आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ स्थापना गर्ने नीति अघि सारेको छ र श्रमजीवी पत्रकारको सीप तथा क्षमता अभिवृद्धिका लागि सरकारले चालेको यो कदमको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) स्वागत गर्छन भनिएको छ । प्रतिष्ठान गठन गर्नु स्वागतयोग्य कदम भए पनि प्रतिष्ठानको नाममा सन्तनेता एवम् पूर्वप्रधानमन्त्री स्व. भट्टराईको नाम जोड्ने नियत गलत छ भन्दै प्रतिष्ठानको ‘नाम कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ राख्ने विषयप्रति फोनिजले विरोध गर्दै आएको छ, निरन्तर गर्ने उल्लेख गरिएको छ ।

व्यावसायिक पत्रकारिताको विकासका लागि स्थापना गर्न लागिएको आमसञ्चार प्रतिष्ठानमा स्व. भट्टराईसँग जोडिनुका पछाडि अरु कुनै कारण नभएर ‘नेपाल पत्रकार महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराई हुन्’ भनेर गलत तथ्य स्थापित गर्न खोज्नु हो । किनकी, अकाट्य तथ्यहरुले नेपाल पत्रकार महासंघ (तत्कालीन संघ)को संस्थापक सभापति भट्टराई नभई स्व. सत्यनारायण बहादुर श्रेष्ठ भएको प्रमाणित गरेको छ ।

वि.सं. २००८ साल बैशाख ९ गते नेपाल पत्रकार संघको स्थापना गर्ने र त्यस संगठनको सभापति भएर पुनः २००९ साल बैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पनर्गठन भएको तथ्य देखिन्छ । तसर्थ, उहाँको योगदानलाई जानाजान छायाँमा पार्न र इतिहास गुमनाम गर्न खोजिएको हाम्रो संस्थाको ठहर छ । भनिएको छ ।

वि.सं. २०१२ साल चैत १६ गते पुनर्गठित नेपाल पत्रकार संघको सभापति बन्नुभएका कृष्णप्रसाद उपाध्याय भट्टराईको नाम आमसञ्चार प्रतिष्ठानसँग जोड्ने प्रयास आफैमा अन्यायको परकाष्ठा हो भन्ने निष्कर्ष नेपाली आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रहेको छ ।

फोनिज समन्यायिक समाज निर्माणको मान्यताबाट अग्रसर छ । सन्त नेता भट्टराईको सामाजिक, राजनीतिक योगदानको यथोचित सम्मान र कदर होस् भन्ने कुरामा हाम्रो बिमति छैन, रहने छैन । देशको प्रधानमन्त्री बनिसक्नु भएका भट्टराईलाई गलत तथ्यका आधारमा आमसञ्चार प्रतिष्ठानसँग जोड्ने हो भने उहाँको योगदानलाई विवादित पार्ने र मानमर्दन गर्ने गलत थितिको विकास हुनेछ । यस्तो कार्य कतै र कसैबाट पनि नहोस् भन्ने विषयमा फोनिज सचेत छ ।

विज्ञप्तिमा भनिएको छ– प्राप्त तथ्य र प्रमाणहरुका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै हुनुहुन्छ । यो तथ्य सर्वस्वीकार्य बनिसकेको छ । यसर्थ, नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरुमा महासंघको संस्थापक कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत विवरण हटाएर, सच्याएर महासंघका संस्थापक श्रेष्ठ हुन्ुहुन्छ भन्ने सही तथ्यलाई स्थापित गर्न गरा

Leave a Reply