राजनीतिमा अनुशासन नहुने, राजनीतिमा लागेपछि भ्रष्टचार गर्नुपर्ने जस्ता सोच भएका नेताहरु नेपाल जस्तै देशमा होलान् भन्ने कुरामा खासै समस्या नहोला । नेपालमा हालै आम निर्वाचन सम्पन्न भएको छ । आम निर्वाचनमा एमाले, काँग्रेस र माओवादीले भने जसरी मत परिणाम आएको छैन । यसो हुनुमा नेतृत्वहरुको कमजोरी नै हो । अहिले हेर्दा समानुपातिकमा एमाले पहिलो भए पनि प्रत्यक्षमा राम्रो परिणाम आएको छैन तर गठबन्धन भएकाले केही सुधार भने एमालेको छ ।

नैतिक रुपमा एमाले, काँग्रेस र माओवादीका अध्यक्षहरु सबै असफल भएका छन् । उनीहरुले आफ्नो पदबाट राजिनामा दिनुपर्छ भन्नेहरुको आवाज पनि छ तर पदका लागि मरिहत्ते गर्नेहरुले तत्कालका लागि पद छाड्ने संभावना कम छ । यद्यपि मन्त्री भएकाहरु पनि चुनावमा पराजित भएका छन् । उनीहरुले पद छाड्न आवश्य छ ।

त्यसो त अबको केही महिनाभित्रमा नै नयाँ सरकार गठन हुने भएकाले अहिले बाहालवला मन्त्रीहरुले टाउको दुखाउनुपर्ने कारण छैन तर पनि उनीहरुले पद छाडेका छैनन् । भोलिका दिनमा कम्तीमा जनताप्रति जिम्मेवार बन्ने हो भने नैतिकता देखाउन आवश्यक देखिन्छ ।

Leave a Reply